काठमाडौं ।
स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदानमा १२ बजेसम्ममा ३० देखि ५७ प्रतिशतसम्म मतदान भएको छ ।
सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रुपमा सञ्चालन भइरहेको छ ।
काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाअन्तर्गतको एउटा मतदान केन्द्रमा मतदानको कार्य सुरु हुन नसकेको र सहमतिको प्रयास भइरहेको जानकारी प्राप्त भएको छ ।