दोलखाबाट काठमाडौं आउँदै गरेको बस काभ्रेमा पल्टँदा कम्तिमा ३ जनाको मृत्य

Posted on: May 01, 2016 | views: 286

५ चैत, काठमाडौं ।
काभ्रेको पाँचखालमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ ।

बस दुर्घटनामापरि २३ जना घाइते भएका छन् । घाईते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको छ ।

दोलखाको मेलुङबाट काठमाडौं आउँदै गरेको ना ३ ख ७९३८ नम्बरको बस केराघारीमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा डाँडाखर्ककी सुष्मा विकको मृत्यु भएको छ । अर्का मृतक बसका सहचालक र अर्का एकको परिचय खुल्न सकेको छैन ।

दुर्घटनामा घाइते भएकाहरुको उद्दार जारी छ । बस सडकबाट करिव ८० फित तल खसेको छ । घाईतेहरुलाई उद्दार गरि विभिन्न अस्पताल पठाइएको प्रहरीले बताएको छ ।