धादिङको विभिन्न दुई स्थानबाट पेस्तोल सहित ६ जना पक्राउ

Posted on: May 13, 2017 | views: 258

धादिङ ।

उत्तरी धादिङको विभिन्न दुई स्थानबाट पेस्तोल सहित ६ जना पक्राउ परेका छन् । 


खनियावास गाउँपालिका वडा नं ५ (साविकको सत्यदेवी गाविस)मा शुक्रबार राती बा ७७ प १९६२ नम्बरको गाडीमा चेकजाँच गर्ने क्रममा पेस्तोल सहित दुई जना पक्राउ परेका छन् । 


पक्राउ पर्नेमा सोही ठाउँका २६ वर्षीय छिरीङ तामाङ, २७ वर्षीय जयबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियारले जानकारी दिए । 


उनीहरुको साथबाट १ थान पेस्तोल, ३ राउण्ड गोली, १ वटा खुकुरी, ४१ हजार ७ सय नगद पनि बरामद गरिएको छ । 


त्यस्तै त्रिपुरासुन्दरी गाउँपालिका १ खोल्सीमा खुडासहित ४ जना पक्राउ परेका छन् । 


त्रिपुरासुन्दरी ३ बस्ने २४ वर्षीय प्रचित अधिकारी, ३० वर्षीय नवीन थापा, २० वर्षीय प्रकाश थापा मगर र २४ वर्षीय उत्तम अधिकारीलाई नेपाल प्रहरीले पक्राउ गरेको हो । उनीहरुको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


त्यस्तै थाक्रे गाउँपालिकाको महादेवबेसी, सिद्धलेक गाउँपालिका वडा नं १ कालीदह र गजुरीको घाटबेसीमा शंकास्पद बस्तु भेटिएको छ ।


निर्वाचनको समयमा हुने विभिन्न घटनाहरुलाई मध्यनजर गर्दै प्रहरी प्रशासनले धादिङको उत्तरी क्षेत्र र राजमार्ग क्षेत्रमा सुरक्षा व्यवस्था कडाई गरिएको छ ।