बढ्यो आपराधिक घटना, सशस्त्रका पूर्व आईजीमाथि नै खु्कुरी प्रहार

Posted on: May 09, 2017 | views: 260

काठमाडौं,बैशाख २६ -स्थानीय तहको निर्वाचन नजिक आइरहँदा राजधानीमा अपराधका घटना बढ्न थालेका छन्। एक हप्ताको अवधिमा प्रत्येक दिन हिंसात्मक अपराधका घटना भएको प्रहरीको भनाइ छ।  महानगरीय प्रहरी परिसर काठमाडौंले आसन्न निर्वाचनका लागि शान्ति सुरक्षा व्यवस्था बलियो पारेको दावी गरे पनि हत्या, कुटपिट, आगजनी र कुटपीटका घटनामा कमी आउन सकेको छैन। यो हप्तामा तीन जनामाथि खुकुरी प्रहार, एक उद्योगमा आगजनी र पाँच स्थानमा चोरी तथा लुटपाट भएको छ। यस्ता घटना केही आपराधिक र केही निर्वाचन लक्षित रहेका छन्।  


बाँसबारी मानबहादुर मार्गस्थित नेपाली कांग्रेसका युवा नेता रमेश महतको शिवपुरी खानेपानी उद्योगमा सोमबार विहान ५:३० बजे आगजनी भएको छ। हेलमेट र माक्स लगाएका पाँच जनाको समूहले उद्योगको ढोका फोडी पेट्रोल छर्केर आगजनी गरेको प्रहरीले जनाएको छ। 


स्थानीय तहको चुनावी अभियानमा नुवाकोटमा रहेका महतको उद्योगमा आगजनी गर्ने समूहले नै पार्किङ गरी राखिएको उनको एउटा कार र दुईवटा मोटरसाइकलमा आगजनी गरिदिएको छ। उनले राजनीतिक प्रतिशोध साध्न आफ्नो व्यवसायमाथि आक्रमण भएको दावी गरे।  यस्तै गत शनिबार सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक ठाकुरमोहन श्रेष्ठमाथि पनि धुम्बाराहीमा अज्ञात समूहले धारिले हतियार प्रहार गरी घाइते बनाएको थियो। आक्रमणबाट उनको दुबै हातमा गम्भीर चोट लागेको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।