निर्वाचनका लागि २५ गतेदेखि विद्यालय बिदा

Posted on: May 03, 2017 | views: 163

काठमाडौं ।

पहिलो चरणमा निर्वाचन हुने प्रदेशका सबै विद्यालयमा यही बैशाख २५ देखि ३१ गतेसम्म बिदा दिइने भएको छ । 


यही बैशाख ३१ गते पहिलो चरणमा प्रदेश नं. ३, ४ र ६ मा स्थानीय तहको निर्वाचन हुने भएकाले निर्वाचन आयोगको आग्रह र शिक्षा मन्त्रालयको निर्देशनमा विद्यालयहरुमा बिदा दिने निर्णय गरिएको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिनुभयो ।