जैसीको उपचारको लागि समाजसेवी दिलुद्धारा एक लाख ७५ हजार सहयोग हस्तान्तरण

Posted on: April 30, 2016 | views: 460

४ चैत, काठमाडौं ।
समाजसेवी दिलु खत्रीले मुटुरोग उपचार गर्न खर्च अभावमा परेका खिमलाल जैसीलाई १ लाख ७५ हजार जापानी ऐन सहयोग गर्नुभएको छ ।

खिमलाल जैसी बचाउ अभियान अन्तर्गत जापानमा संकलन गरिएको एक लाख ७५ हजार एेन पहिलो चरण अन्र्तगत खत्रीले अस्पतालमै पुगेर हस्तान्तरण गर्नुभएको हो ।

बाग्लुङ समाज का बरीष्ठ सल्लाहकार समेत रहनुभएका खत्रीले स्वास्थ्यमा सुधार गर्दै गरेका बाग्लुङ निशीका जैशीलाई रकम हस्तान्तरण गर्नुभएको हो ।

पीडित जैसीको उपचारमा समस्या भएपछि उनको उपचारका लागि जापानमा आर्थिक सहयोग अभियान सञ्चालन गरिएको थियो ।

खिमलाल बचाउन अभियानको नेतृत्व बाग्लुङ समाजका केन्द्रीय सदस्य यदुराम सापकोटाले गर्नुभएको थियो ।

यसैबिच बाग्लुङ समाज जापानले चलाएको बाग्लुङ भिगिठेका छालाको रोगबाट ग्रसित रमेश दर्जी बचाउ अभियान अन्र्तगत संकलीत ७ लाख रुपैयाँ हिजो मात्र सफल व्यवसायी दिलु खत्रीले उनको परिवारलाई बाग्लुङमै भेटेर हस्तान्तरण गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

दिलका धनी दिलुद्धारा रमेश परिवारलाई सात लाख हस्तान्तरण