ट्राफिकको निगरानीमा चालक र पैदलयात्री,बाटो काट्दा वर्षमै गयो ७५ को ज्यान

Posted on: April 26, 2017 | views: 265

काठमाडौं,बैशाख १३ । स्थाराजधानीको अनामनगरमा जेब्राक्रसबाट बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करले स्थानीय विकास मन्त्रालयका पूर्वसचिव पद्मराज सुवेदीको आइतबार मृत्यु भयो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामाका अनुसार मोटरसाइकलको ठक्करले गम्भीर घाइते भएका सुवेदीको उपचारका क्रममा आइतबार दिउँसो अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको हो ।



आइतबार बिहान प्रातभ्रमणबाट फर्किएका सुवेदीलाई पौने ९ बजे अनामनगरस्थित बाजेको सेकुवा अगाडिको सडकमा बाटो काट्ने क्रममा अनामनगरबाट हनुमानस्थानतर्फ जाँदै गरेको बा७९प ४३९२ नम्बरको यामहाको आए एन फाइन मोडलको मोटरसाइकलले ठक्कर दिएको थियो ।


काठमाडौं उपत्यकामा गुड्ने सवारीसाधानले कानूनी प्रावधान उल्लंघन गरी जेब्राक्रसमै सवारीसाधन तीव्र गतिमा हुँइक्याउँदा सर्वसाधारण असुरक्षित बन्दै गएका छन् । चालकको लापरबाहीका कारण गत आवमा ७५ जना यात्रुले ज्यान गुमाएको महाशाखाले जनाएको छ । आजको नागरिक दैनिकमा खबर छ ।