निकुञ्जको गैंडा माहाकालीको मानव बस्तीमा

Posted on: April 26, 2017 | views: 202

पप्पु गुरुङ्ग, माहाकाली नगरपालिका,बैशाख १३ । माहाकाली नगरपालिकाको मानव बस्तीमा गैंडा आउन थालेको छ् । माहाकाली नगरपालिका वडा नं. १०, कुतियाकवर तथा आसपासको क्षेत्रमा गैंडा गाँउ पस्न थालेपछि स्थानियहरुमा त्रास छाएको छ् । शुक्ला राष्ट्रिय निकुञ्जबाट गैंडा भएको बनकर्मीहरुको भनाईरहेको छ् । माहाकाली नगरपालिका वडा नं. १०, कुतियाकवरको क्षेत्रमा १५ दिन अघि देखि गैंडा देखिन थालेको स्थानियहरुले बताएका छन् । रातीको समयमा देखा पर्ने गैंडालाई निकुञ्जमा फर्काउन बनकर्मी रातीको समयमा कुतियाकवर तथा आसपासका क्षेत्रमा ४ वटा हात्ती सहित गस्ती गर्ने गरेको बनकर्मीहरु बताउछन् । 


गैंडाले कुतियाकवर क्षेत्रको स्थानियहरुले लगाएको चैते धान समेत नष्ट गरेको बताईएको छ् । हात्ती सहित सशस्त्र बनरक्षकको टोली पुगेर गैंडाको खोजी गरेको प्रत्यक्षदर्शीले बताएका छन् । करिब १५ दिन अघि देखि कुतियाकवर लगाएत आसपासको बस्तीमा प्रवेश गर्दै आएको गैंडाले मध्यरातमा आतंक मच्चाउदै आएको स्थानियहरुले बताएका छन् । गैंडाले स्थानिय कृषकले लगाएको चैते धान खेतमा आल खेलेर धान नष्ट गर्न थालेपछि स्थानिय कृषकहरु चिन्तीत हुन थालेका छन् ।


सिमा क्षेत्र संग गासिएको कुुतियाकवरबस्तीमा शुक्लाफा“टा राष्ट्रिय निकुञ्जबाट भित्रिएको गैंडा पस्न थालेपछि स्थानीयमा आतंक फैलिएको थियो । कुतियाकवर तथा भारतिय बस्तीमा गैडाको चोरी शिकारी हुन सक्ने सम्भावना पनि त्यत्तीकै प्रवल रहेको स्थानियहरु बताउछन् । शुक्लाफा“टा राष्ट्रिय निकुञ्जको पश्चिम÷दक्षिण माहाकाली नगरपालिका तथा उत्तर प्रदेशको भारतिय नौजलिया क्षेत्रमा समेत उक्त एक सिंगे गैंडा देखिएको स्थानीयले बताए । 


गैडालाई निकुञ्जमा भित्र्याउन आएका बनकर्मी अनुसार चैते धान तथा चरि घा“स खानको लागी माहाकाली नगरपालिकाको ढकनाघाट कुुतियाकवर तथा भारतको नौजलिया क्षेत्रमा गैडा पस्ने गरेको बताएका छन् । अहिले निकुञ्जमै उक्त गैडा रहेको र हात्तीको सहायताबाट निकुञ्ज क्षेत्रमा गैडालाई खेद्दै भित्र्याईएको बताईएको छ् ।