डीआईजी नवराज सिलवाल पक्राउ

Posted on: April 24, 2017 | views: 868

काठमाडौं ।

सरकारको निर्देशनपछि प्रहरीले नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई पक्राउ गरेको छ ।


सरकारले बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका सिलवाललाई जर्वजस्ती हिरासतमा लिएको हो ।


सिलवालसँगै थापालाई पनि प्रहरीले हिरासतमा लिएको छ ।

प्रहरी प्रधान कार्यालयले भने छानविन समितिले सिलवाललाई बयानका लागि ल्याएको जिकिर गरेको छ ।


आईजीपीले बोलाएको बैठक बहिस्कार गरेपछि प्रहरी हेडक्वाटरले सिलवाललाई स्पष्टीकरण सोधेको थियो ।


कार्यसम्पादन मूल्यांकनको कागजात पेश गर्ने क्रममा कीर्ते गरेको आरोप समेत लगाएको सरकारले यसमा समेत उनिमाथि छानविन गरेर कारवाही गर्न निर्देशन दिएपछि आइजिपिले सिलवालमाथि प्रहरी लगाएर निगरानी गरिराखेको थिए ।


सिलवालले तत्कालिन अर्का डीआइजी प्रकाश अर्यालको कार्यसम्पादन मूल्याङ्कनको कागजात किर्तेगरी त्यसमा आफ्नो नाम राखेर अदालतलाई पेश गरेको सरकारले आरोप लगाएको छ ।


अर्यालले प्रहरीले गरिरहेको भनिएको आफुमाथिको आरोपमा बयानका लागि जाने बारे अधिवक्ता थापासँग सल्लाह गरिरहेका थिए ।


स्रोतका अनुसार सिलवाललाई लिन दुई नम्बर गणका एसपी सोमबार विहानै उनको घरमा पुगेका थिए । त्यहाँ उनी नभेटिएपछि फरार रहेको भन्दै काठमाडौंमा प्रहरी परिचालन गरिएको थियो ।


विहान पौने १० बजे अधिवक्ता शम्भु थापाको घरमा भेटिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


अधिवक्ता थापालाई प्रहरीले आफुसँग हिँड्न भनेपछि उनी प्रहरी हेडक्वाटर गएका थिए ।


नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले भने सिलवाललाई बयानका लागि मात्र बोलाइएको पक्राउ नगरीएको दाबी गरेका छन् ।


प्रहरी महानिरीक्षक 'आईजीपी' प्रकाश अर्यालले बोलाएको प्रहरी समन्वय समिति ९पीसीसी० लगायतका बैठकमा नगएपछि प्रहरी प्रधान कार्यालयले सिलवाललाई स्पष्टिकरण सोधेको थियो । उनले यसको स्पष्टिकरण दिने तयारी गरिरहँदा सरकारको निर्देशनमा प्रहरीले अर्यालले महत्वपूर्ण जानकारी चुहाउन सक्ने भन्दै पक्राउ गरिएको बुझिएको छ ।


सरकारले फागुनमा काँग्रेस सभापती शेरबहादुर देउवाको दबावमा दोस्रो वरियताका जयबहादुर चन्दलाई आईजीपी बनाएपछि त्यसविरुद्ध सिलवाल अदालत गएका थिए ।


अदालतले चन्दको बढुवा रद्द गरेपछि सरकारले सिलवाललाई महानिरीक्षक बनाउनुको साटो उनिसँग प्रतिसोध लिंदै उल्टै तेस्रो बरियताका अर्याललाई महानिरिक्षक बनाएको छ ।


सरकारको प्रतिसोधको यस्तो निर्णयपछि सिलवाल पुन अदालत गए पछि नवनियुक्त अर्याल र सरकार समेत सिलवालसँग रुष्ट रहँदै आएको छ ।


यसैको बदलामा सरकारले मन्त्रिपरिषदबाटै सिलवालले पेश गरेको बढुवा कागजातनै नक्कली भएको ठहर गर्दै कारवाही गर्न उल्टै प्रहरी हेडक्वाटरलाई निर्देशन दिएको थियो । सँगै आइजिपी अर्यालले डाकेको बैठकमा सिलवाल नगएपछि उनिमाथि प्रहरी हेडक्वाटरले सुराकि लगाएर चियोचर्चो गरिरहेको थियो भने आज उनको पक्राउपछि उनिमाथि प्रहरीले कागजात नक्कली पेश गरेको तथा चेनअफ कमाण्डको नियम उल्लंघन गरेको आरोपमा कारवाही गर्ने तयारी गरिरहेको छ ।


अदालतमा भने अर्याल बिरुद्धको सिलवालको मुद्दा पूर्ण इजलासमा १९ गते सुनुवाई हुँन मिति तोकिएको छ ।