दिलका धनी दिलुद्धारा रमेश परिवारलाई सात लाख हस्तान्तरण

Posted on: May 01, 2016 | views: 995

३ चैत, काठमाडौं ।
छालामा लाग्ने रोगबाट हिँडडुल गर्न नसक्ने हुनुका साथै अनुहारनै नचिनिने भएका बाग्लुङ भिमगिठे–५ का ११ वर्षीय बालक बालक रमेश दर्जीले उपचारका लागि जापानबाट ७ लाख पाएका छन् ।

गम्भिर रोगबाट थलिएका रमेशको उपचारको लागि जापानबाट यतिधेरै सहयोग जुटाएका हुन् समाजसेवी दिलु खत्रीले ।
आफ्नै पहलमा १० हजारको कोष खडा गरि रमेश बचाउ अभियान चलाएर रकम संकलन थाल्नुभएका दिलुखत्रीकै पहलमा जापानमा रहेका बाग्लुङ बासी सहित नेपालीहरुले रमेशको जीवन रक्षा र भविष्यको लागि रकम सहयोग गरेका थिए ।

दिलु खत्रीको अगुवाईमा बाग्लुङ समाज जापानले थालेको पहलबाट जुटेको ७ लाख रकम लिएर नेपाल आउनुभएका खत्रीले दर्जी परिवारलाई बाग्लुङ मै आएर रकम हस्तान्तरण गर्नुभएको हो ।


रकम हस्तान्तरणका समयमा भावुक देखिनुभएका दिलु खत्रीले सात लाख रुपैयाँको बैंक चेक हस्तान्तरण गर्दै अरुको जिवन रक्षाको लागि आफुले थालेको पहलमा जापानमा रहेका सबै नेपालीले साथ दिएको भन्दै सबैप्रति आभार व्यक्त गर्नुभएको थियो ।

रकम हस्तान्तरण कार्यक्रममा सहयोग बुझ्न बिरामी छोरालाई साथमा लिएर रमेशका बुबा नन्दबहादुर दर्जी र आमा नरकुमारी दर्जी समेत उपस्थित भएका थिए ।

बाग्लुङ समाज जापानका बरिष्ठ सल्लाहकार समेत रहनुभएका खत्री ७ साल रुपैयाँको चेक सो अवसरमा रमेशका वुवा र आमाको हातमा अस्तान्तरण गर्नुभएको थियो ।


'विपन्न परिवारमा जन्मेका रमेशको उपचारका लागि आर्थिक अभाव भएको खवर पाएपछि मैले आफ्नै जिल्लाको घटना समेत भएकाले पहल लिएको थिएं' समाजसेवी दिलु खत्रीले भन्नुभयो-'यसमा सबैको साथ र सहयोगमा यती रकम संकलन गर्न सकियो यो रकम थोरै भएपनि अन्यत्रबाट समेत जुटेको रकमले रमेश भाईको स्वास्थ्य सुधार र अध्ययनमा सहयोग पुग्ने आशा लिएको छु ।'

बोल्न, हिँडडुल गर्न समेत नसक्ने अवस्थामा पुगेका रमेशको बारेमा समाचार प्रकाशनरप्रसारण भएपछि देशविदेशबाट सहयोग जुट्ने क्रम अझै जारी छ ।

रमेशका परिवारजनका अनुसार बाग्लुङ समाज जापानको समेत गरी अहिलेसम्म १६ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । हालसम्म प्राप्त सहयोग रकम मध्ये जापानबाट प्राप्त सात लाख रुपैयाँ सबैभन्दा ठूलो सहयोग रकम हो ।

रमेश दर्जीको हाल कान्तिपुर मेडिकल कलेज काठमाडौंमा निशुल्क उपचार भइरहेको छ । यद्यपी हात र छालाको समेत अप्रेशन गर्नुपर्ने र त्यसका लागि भने रकम लाग्ने अस्पतालले बताएको छ ।


बाग्लुङ भीमगिठे–५ का बाबु नन्दबहादुर र आमा नरकुमारी दर्जीको कोखबाट २०६१ मा जन्मिएका रमेश जन्मंदा सामान्य भएपनि उमेर बढ्दै जाँदा छालामा रोग र अस्वस्थ भई हिँडडुल गर्न नसक्ने भएका हुन् ।

सहयोग हस्तान्तरण पछि टपनेपालन्युजडटकमसँग कुरा गर्दै जापानमा सफल व्यवसायीको रुपमा समेत परिचित समाजसेवी दिलु खत्रीले भन्नुभयो-'यो मेरो प्रयास मात्र हो, मेरो कारण कसैको लागि सहयोग हुन्छ भने मैले गरेको काम सफल भएको हुन्छ , सेवा नै धर्म हो ।'

सामाजिक सञ्जाल फेसबुकमा समेत रमेश दर्जी बचाउ अभियानमा सहयोग गर्ने सवैप्रति धन्यवाद दिनुभएको छ