निर्वाचनलाई मध्यनजर गरी नेपाल भारत सिमामा सुरक्षा कडाई

Posted on: April 05, 2017 | views: 299

बिराटनगर ।

स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै मोरङ जिल्लाका सीमावर्ती क्षेत्रमा सुुरक्षा व्यवस्था कडा पारिएको छ ।

खुुल्ला सीमानावाट अवाञ्छित गतिविधि हुन नदिन नेपाल प्रहरी तथा सशत्र प्रहरी परिचालन गरी सुुरक्षा व्यवस्था कडा बनाइएको हो । 


सीमावर्ती नाकाहरुमा आवतजावत गर्नेहरुमा चेकजाँच गर्नुुका साथै निगरानी बढाइएको मोरङ प्रहरीले जनाएको छ ।