आज चैते दशैं, आफन्त भेटघाट र रमाईलोसँगै देवालयहरुमा पूजाआजा

Posted on: April 04, 2017 | views: 266
काठमाडौं आज चैते दशैं । शुक्ल अष्टमीका दिन मनाईने चैते दशैंको अवसरमा आज हिन्दूधर्मावलम्बीहरु आफन्त परिवार भेटघाट र रमाईलोसँगै देवीको पूजा र उपासना गरि चैते दशैं मनाईरहेका छन् । दैबीशक्तिले असुरी शक्तिमाथि विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दूहरुले चैते दशैं मनाउने गर्दछन् । चैते दशैंलाई नै मुख्य दशैंको रुपमा मनाउने गरिएपछि मौसम तथा किसानहरुको व्यस्तताका कारण असोजमा मुख्य दशैं मनाएर चैते दशैंलाई पनि मनाउने चलन बस्न थालेको बताइन्छ । चैतमा अष्टमीको दिनलाई दशैंको रुपमा मनाइने गरिन्छ भने असोजमा दशमीको दिनलाई मुख्य दशैंको रुपमा मनाईदै आएको छ ।