डोल्पालीको मोटर चढ्ने सपना चाँडै पूरा

Posted on: March 31, 2017 | views: 167

डोल्पा । डोल्पा सदरमुकाम दुनैसम्म राष्ट्रिय सडक सञ्जालको पहुँच पुर्याउन नेपाली सेनाको टोली खटिएको छ ।

जाजरकोट—डोल्पा १ सय १७ किमी सडकमध्ये एकसय आठ किमी सडक निर्माण कार्य सम्पन्न भइसकेको र नौ किमी सडक मात्र बाँकी रहेको र अबको एक वर्षभित्रै सदरमुकाम दुनै जोड्ने लक्ष्य रहेको सेनाले जनाएको छ ।

अहिले त्रिवेणी—करोपगाड सडकखण्डको निर्माण कार्य तीव्र पारिएको जाजरकोट—डोल्पा सडक निर्माणका कार्यदल प्रमुख विश्वबन्धु पहाडीले जानकारी दिनुभयो ।