सडक दुर्घटनामा मृत्यु भएकी एमाले सांसद दुलारीको अन्त्येष्टि गरिँदै

Posted on: March 24, 2017 | views: 330
काठमाडौैं । सडक दुर्घटनामा परि एमाले सांसद दुलारी देवीको निधन भएको छ । उनको बिहीबार साँझ भएको मोटरसाइकल दुर्घटनामा निधन भएको हो । चैत पाँच गते भारतको सीतामढीमा दुर्घटनामा परेकी सांसद दुलारीको उपचारकाका क्रममा बिहीबार साँझ ललितपुरको बी एण्ड बी अस्पतालमा निधन भएको हो । सामान किन्न भारतको सीतामढी बजारतर्फ मोटरसाइकलमा जाँदा उनी सवार मोटरसाइकललाई भारतको रामनगरा चोकमा ट्रकले ठक्कर दिएको थियो । उनीसँगै दुर्घटनामा परेका मोटरसाइकल चालक रवीन साहको घटनास्थलमै मृत्यु भएको थियो । एमालेको तर्फबाट उनी सर्लाहीबाट समानुपातिक सांसद थिइन् । दुलारीदेवीको आज पशुपती आर्यघाटमा दाहसंस्कार गरिंदैछ ।