पश्चिमा एजेन्ट रहेका सांसद ल्हारक्याल लामासँग १४ गोली भेटियो

Posted on: May 02, 2016 | views: 235

१ चैत, काठमाडौं ।
भारतीय र पश्चिमा देशको एजेन्ट बन्दै चीन बिरुद्ध फ्रि तिब्बत आन्दोलन गर्दै आएका ल्यारक्याल लामा अहिले प्रचण्डका प्रिय बन्दै सांसद बनेका छन् ।

करोडौं रुपैयाँ प्रचण्डलाई बुझाएर, छोरालाई गाडी समेत उपहार दिएर सभासद बनेका भनिएका तिनै लामा १४ राउण्ड गोली सहित पक्राउ परेका छन् ।

लकरमा १४ थान गोली भेटिएपछि ल्हारक्याल लामाले त्यो गोली साथीको भएको र उसले दिएका कारण राखिएको बताएका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
 
प्रहरी नियन्त्रणपछि लामाले आफूले साथीको गोली राखिएको मात्र बताएका हुन् ।
 
लामालाई उदृत गर्दै स्रोतले भन्यो, 'ती गोली मेरा होइनन, साथीले राख्नु भनेकाले मैले मेरो लकरमा राखिदिएको मात्र हुँ ।' उनले हतियार आफूसँग् नभएको बताएका छन् । 'हतियार नै म साग् छैन गोली कसरी मेरो हुन्छ' लामाले प्रहरीसमक्ष भनेका छन् ।

कुन साथीले राख्न दिएको भन्ने विषयमा लामाले केही भनेका छैनन्।