राष्ट्रपति छोरीको बिहे निम्तो मान्दै पूर्व राजा ज्ञानेन्द्र शाह राष्ट्रपति भवनमा

Posted on: January 16, 2017 | views: 660

काठमाडौं ।
पूर्व राजा ज्ञानेन्द्र शाह राष्ट्रपति विद्या देवी भण्डारीकी कान्छी छोरीको बिहेको निम्तो स्विकार्दै शितल निवास पुगेका छन् ।

राष्ट्रपति छोरी निशाकुसुम भण्डारीको पूर्व राष्ट्रपति डा. रामवरण यादवका नाति अभिशेष यादवसँग आज विवाद हुँदैछ ।

भर्खर राष्ट्रपति भवन छिरेका पूर्व राजाले राष्ट्रपति भण्डारीलाई पहिलो पटक भेट्दैछन् । राष्ट्रपति भण्डारीले छोरीको विहेमा पूर्व राजा ज्ञानेन्द्रलाई आमन्त्रण गरेकी हुन् ।

पूर्व राजा शाहले पूर्व रानी कोमललाई भने साथमा लगेका छैनन् ।

एमाले नेता मदन भण्डारीकी कान्छी छोरी निशाकुसुम पेशाले डाक्टर हुन भने अभिशेष इन्जिनियर हुन् । अभिशेष पूर्व राष्ट्रपति रामबरण यादवकी भतिजी किरण यादवका छोरा हुन् ।