ठमेल र बसपार्क यौन केन्द्र बन्दै, कतै कोठी नै सञ्चालन

Posted on: May 02, 2016 | views: 542

२९ फागुन, काठमाडौं ।
पाँच छ वर्षअघिसम्म ठमेल र नयाँ बसपार्क क्षेत्र वेश्यावृत्तिका कारण बदनाम थिए ।

ठमेलका मसाज पार्लर र गेस्टहाउसमा खुमलखुल्ला वेश्यावृत्ति हुन्थ्यो । तर, प्रहरीले कडाइ गरेपछि त्यहाँ वेश्यावृत्ति घटेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।  वेश्यावृत्ति बन्द भएपछि ठमेलका ७० प्रतिशत मसाजल बन्द भइसकेका छन् ।

त्यस्तै, नयाँ बसपार्क क्षेत्रमा पनि होटलमै मिलेमतोमा वेश्यावृत्ति निर्क कम भएको छ । ठमेल र बसपार्कमा कम भएपनि काठमाडौंमा संगठित वेश्यावृत्ति भने घटेको छैन ।

यसलाई नयाँ रुपमा सञ्चालन गरिदै आएको छ । पछिल्लो समय घर तथा फ्ल्याट भाडामा लिएर गोप्इ रुपमा यस्तो धन्दा हुन थालेको छ ।

प्रायः एकान्तस्थलका घर तथा फ्ल्याट भाडामा लिएर वेश्याबृत्ति हुने गरेको छ । जहाँ होटलमा जस्तै खानपिनको सवै सुविधा हुने गर्दछ । कतिपय त्यस्ता अखडामा जुवासमेत सञ्चालन हुने गरेको छ ।

काठमाडौंमा कोठी भेटियो । युवती भन्छन्-'जागिर लगाइदिन्छु भनेर यौनधन्दामा लगाए'

म्यानपावर भनेर यौनधन्दा चलाउने कोठी भेटियो कलंकीमा