सर्वोच्चका न्यायाधिशहरुको निर्णय-'भत्ता ५० प्रतिशत बढाऊ'

Posted on: December 08, 2016 | views: 349

काठमाडौं ।
सर्वोच्च अदालतको फुल कोर्टले न्यायाधीशले खाइपाइ आएको तलबका अतिरिक्त ५० प्रतिशतसम्म न्यायिक भत्ता हुनुपर्नेलगायत प्रस्ताव पारित गरेको छ ।

सर्वोच्च बैठकको निर्णयअनुसार न्यायाधीशको कार्यबोझका आधारमा सर्वोच्च, उच्च र जिल्ला न्यायाधीशको सुविधा बढाउन सरकारमा प्रस्ताव पठाउने भएको हो।

प्रधानन्यायाधीश सुशीला कार्कीसहित बुधबार बसेको सर्वोच्चका न्यायाधीशहरूको बैठकले यो निर्णय गरेहो हो ।
यो खबर हामीले आजको अन्नपूर्णपोष्टबाट लिएका हौ।