काठमाडौंमा कोठी भेटियो । युवती भन्छन्-'जागिर लगाइदिन्छु भनेर यौनधन्दामा लगाए'

Posted on: May 03, 2016 | views: 661

२९ फागुन, काठमाडौं ।
कलंकीको एक घरबाट पक्राउ परेका ३ युवतीले आफूहरुलाई जागिर लगाइदिने प्रलोभनमा जर्जजस्ती वेश्यावृत्तिको लगाइएको बताएका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
 
धादिङ, नुवाकोट र गुल्मीका ३ युवती करिव २० वर्षका छन् ।

केही युवतीलाई नियमित रुपमा त्यही राख्ने र अरु युवतीलाई ग्राहकका माग अनुसार टेलिफोन गरेर बोलाउने गरेको पाइएको छ, कालीमाटी प्रहरीका डिएसपी हेम थापाले बताए ।

उनका अनुसार त्यहाँ खानपानको व्यवस्थासहित कोठी संचालन गरिएको थियो ।