डा केसीले अनसन तोड्दै भने-'माफिया तन्त्रबिरुद्धको लडाई जारी छ' (सम्झौतापत्र सहित)

Posted on: December 04, 2016 | views: 676

काठमाडौं ।
सामाजिक अभियन्ता डा. गोविन्द केसीले आमरण अनसनको २२ औं दिनमा १२ बुँदे सम्झौता सहित अनसन तोड्नु भएको छ ।

स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै आमरण अनसनमा बस्नु भएका केसी पक्षसँग ८ चरणमा भएको वार्तापछि १२ बुँदे सम्झौता सहित अनसन तोडिएको हो ।

अनसन तोड्ने क्रममा सम्झौता पत्रमा हस्ताक्षर गर्दै डा. केसीले माफियातन्त्र विरुद्धको लडाई जारी रहेको बताउनुभएको छ ।

केसीलाई सिन्धुपाल्चोकका दुई बर्षीय बालिका मार्सागं तामागंले जुस खुवाएर अनसन तोडाएका हुन् ।

महाभूकम्पमा परि आफ्नो सुत्केरी आमा विताएकी उनी बौद्धमा एक संस्थाको आश्रयमा बस्दै आएको बताइएको छ ।

यस्तो छ सरकार र अभियन्ता केसीबिच भएको सम्झौता पत्र