३० कार्तिक, काठमाडौं ।
सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्ला अब चाँडै नै लोडसेडिङमुक्त घोषणा गर्ने तयारी गरेको
छ ।
परिक्षणका रुपमा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा लोडसेडिङ नगरिएको र छिट्टै लोडसेडि मुक्त घोषणा गरीने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
सुख्खा मौसम कात्तिक, मंसिर, पुस र माघ महिनामा यस अघिका वर्षहरुमा अत्यधिक समय लोडसेडिङ हुने गरेकोमा केही समय यता भने काठमाडौं उपत्यकामा लोडसेडिङ भएको छैन ।
अहिलेको मौसममा उपत्यकामा साँझ दुई घन्टा ३०० देखी सवाँ तीनसय मेगावट र दिउसो करिब २०० र राती डेढ सय मेगावाटको हाराहारीमा विद्युतको माग रहेको नेपाल विद्युत प्राधिकरयाले जनाएको छ ।