चीनले सोध्यो-'केपी ओलीलाई लिन कत्रो विमान पठाऊ ?'

Posted on: May 03, 2016 | views: 454

२८ फागुन, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोलीलाई चीन भ्रमणका लागि लिन समकक्षी ली खछ्याङले विशेष विमान नै काठमाडौं पठाउने भएको छ। कान्तिपुर दैनिकमा समाचार छ ।
 
चिनियाँ प्रधानमन्त्री लीले भ्रमण टोलीको संख्याप्रति जिज्ञासा राख्दै खबर पठाएका छन् कत्रो विमान पठाउँ ? प्रधानमन्त्री ओलीले चैत ७ गतेदेखि चीनको ५ दिने औपचारिक भ्रमण गर्दैछन् ।

स्रोतका अनुसार चीनका विशिष्ट व्यक्तिले मात्र उपयोग गर्ने विमान पठाइने जानकारी आएको छ ।