सांसद बिरामी हुँदाको उपचार खर्च सबै जनताको करबाट

Posted on: May 03, 2016 | views: 334

२८ फागुन, काठमाडौं ।
संसद सचिवालयबाट एक सय ५९ सांसदले उपचार खर्च लिएका छन् ।
 
दोस्रो संविधानसभाका सांसदहरुले उपचार खर्चका नाममा माघ मसान्तसम्म झन्डै ५४ लाख ५९ हजार रुपैयाँ लगेका छन्।
 
दोस्रो संविधानसभाका केही सांसदले माघ मसान्तसम्म नौपटकसम्म उपचार खर्च बुझेका छन् ।

सांसद मेघराज नेपाली निषदले नौपटक, भुपेन्द्र थेबेले आठ पटक, अकवल महमद शाहले सातपटक, दीपनारायण साहले ६ पटक, डिलबहादुर नेपालीले पाँच पटक उपचार खर्च बुझेका छन् ।
 
कांग्रेसका सांसद मोहनप्रसाद बरालले आपू आक्रमणमा परी उपचारमा संलग्न रहेको भन्दै ६३ हजार ७ सय ४५ रुपैया लगेको संसद् सचिवालयले जनाएको नयाँ पत्रिका दैनिकमा समाचार छ।