सेकुवा कर्नरमा यौनधन्दा चलाउने ४ युवती सहित सञ्चालक पक्राउ

Posted on: May 02, 2016 | views: 631

२७ फागुन, इटहरी ।
सेकुवा कर्नर भनेर यौन धन्दा चलाउँदै आएका एक सेकुवा कर्नरबाट प्रहरीले चार युवती सहित सञ्चालकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार यौन क्रियाकलापमा संलग्न रहँदै आएका चार युवती र सञ्चालकलाई पक्राउ गरिएको हो ।

इटहरी मा रहेको श्रेष्ठ होटल एण्ड सेकुवा कर्नरका संचालक ओमबहादुर श्रेष्ठसहित ४ जना युवतीलाई प्रहरीले पक्राउ गरेको हो ।

संचालक श्रेष्ठले ती युवतीलाई यौनधन्दा गराउने उदेश्यले आफ्नो होटलमा राखेको थिए ।

प्रहरीका अनुसार सेकुवा कर्नरमा सञ्चालकले परिचित ग्राहकसँग युवतीहरुलाई यौन धन्दामा लगाउँदै आएका थिए ।