काठमाडौं ।
हजार बढी आरोही हिमालतिर
शरद ऋतुमा विभिन्न हिमाल आरोहणका लागि एक हजार ६९ जनाले आरोहण अनुमति लिएका छन् ।
आरोहण अनुमति यो महिनाभर लिने भएकाले आरोहीको सङ्ख्या अझै बढ्ने पर्यटन विभागले जनाएको छ ।
यो मौसममा सर्वोच्च शिखर सगरमाथाबाहेक मनास्लु, कञ्चनजङ्गा, धौलागिरि अमा दबलाङलगायतका हिमाल तथा पिक आरोहण गर्न आरोही गएका छन् ।