कानुन बनाउने संसद् नै कानुनविहीन

Posted on: April 30, 2016 | views: 194

काठमाडौं,फागुन २७ । दलीय स्वार्थ हावी भएपछि मुलुक सञ्चालनका लागि आवश्यक कानुन बनाउने व्यवस्थापिका संसद नै नियमावलीविहीन बन्न पुगेको छ । संसद् सञ्चालनका लागि आवश्यक नियमावली निर्माणमा संसद् उदासीन बन्दा मुलुकका  संवैधानिक नियुक्तिहरु नै प्रभावित बन्न थालेका  छ । आन्तरिक विवादकै कारण चार पटक सम्म म्याद थपिएको नियमावली मस्यौदा समितिको पछिल्लो पटक वैधानिकतामै प्रश्न उठेको छ । 

नियमावली बनाउन नसकेपछि पछिल्लोपटक थपिएको समितिको म्याद २० फागुनमै सकिएको आजको राजधानी दैनिकमा समाचार छ । तर, म्याद सकिएको एक साता बितिसक्दा पनि न समितिको म्याद थप भएको छ न त समितिले नियमावी मस्यौदा नै तयार पार्न सकेको छ । समितिको म्याद संसद्को पूूर्ण बैठकले मात्र थप नर्ग सक्छ ।