सिमामा चहलपहल बढेपछि नेपाली भूमिमा चिनियाँ सीसी क्यामरा

Posted on: May 02, 2016 | views: 213

२७ फागुन, संखुवासभा ।

सरकारले चीनसँग किमांथाका नाका संचालनमा ल्याउने सहमति गरेसँगै चीन प्रशासनले त्यस क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ।
 
नाका आसपास चहलपहल तीब्र भएपछि सतर्कता बढाइएको हो ।
 
चीन प्रशासनले कामुखोलामा रहेको मितेरी पुलनजिक नेपाली भूमितर्फ सीसी क्यामेरा जडान गरेको छ ।

केही समयअघिसम्म खुल्ला रहेको नाका हिजोआज भने स्थानीयवासीका लागि समेत सातामा २ दिनमात्र खुला गर्ने गरिएको छ।