योग्यताक्रम नहेरी प्रहरीमा बढुवाका सिफारिस

Posted on: April 03, 2016 | views: 194

२७ फागुन, काठमाडौं ।
एक ब्याचलाई पूरै वाइपास गर्दै प्रहरीको बढुवा सिफारिस समितिले रिक्त ४६ डिएसपीमा बढुवाका लागि प्रहरी निरीक्षकको नाम सिफारिस गरेको नागरिक दैनिकमा समाचार छ ।

बुधबार बढुवा सिफारिस समितिको सचिवालयले सार्वजजिक गरेको सिफारिस सूचीमा २०६१ र २०६२ भदौका प्रहरी निरीक्षकको नाम परेपनि २०६२ असारमा प्रहरी निरीक्षक  भएका कोही परेनन्।
 
बढुवा सिफारिसमा परेका ३६ जना एक वर्ष अघिको डिएसपी बढुवामा छुटेकाहरु हुन् । २०६१२ भदौंका १० जनाको नाम सिफारिस भएको छ ।