सरकारले भन्यो-'मुखर्जीको भ्रमणले ठूला ठूला भिआईपिको सुरक्षा दिन सक्षम छ भन्ने देखायो'

Posted on: November 04, 2016 | views: 409

१९ कार्तिक, काठमाडौं ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण सकिन लाग्दा सरकारले ठूला ठूला भिआईपिको सुरक्षा दिन सरकार सक्षम रहेको देखाएको बताएको छ ।

राजकीय भनिएको भ्रमणमा कर्फ्यु लगाएजसरी जनतालाई सडकमा हिँडन् नदिएर सवारि आवागनम समेत रोकेको सरकारले सुरक्षा दिन सफल भएको बताएको छ ।

सार्वजनिक बिदा समेत दिएर जनतालाई घरबाट ननिक्ल भन्दै पैदल हिँड्न रोक लगाउँदै सेना र पुलिस लगाएर मुखर्जीलाई सडकमा कुदाएको सरकारले मन्त्रिपरिषद बैठक बसेर विवादित मुखर्जीको भ्रमणले दुई देशबीचको सम्बन्धमा थप विश्वास जागृत गराएको निष्कर्ष निकालेको छ ।

सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री राम कार्कीले मुखर्जीको भ्रमणले ठूला-ठूला भिआइपीहरुको सुरक्षा दिन पनि नेपाल सक्षम छ भन्ने सन्देश दिएको बताए ।

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको तयारी पनि सुरु गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद बैठकपछि परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले  ‘अब छिट्टै नेपालको तर्फबाट राष्ट्रपति विद्या भण्डारीबाट पनि भारतको भ्रमण हुन्छ । परराष्ट्र मन्त्रालयले त्यसको तयारी गर्छ ।’ भन्दै उनले भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणले दुई देशको सम्बन्धमा विश्वास जागृत गराएको पनि बताए ।

यसैगरि मन्त्रिपरिषद बैठकले निक्षेप तथा कर्जा सुरक्षा निगमको अध्यक्षमा राजन खनाललाई नियुक्त गरेको जनाएको छ ।