मोरङमा तिहार मनाइरहेका दुई किशोरको हत्या

Posted on: November 01, 2016 | views: 471

१६ कार्तिक, उर्लाबारी ।
गएराति मोरङको लेटाङभोगटेनीमा तिहार पर्वको रौनक मनाइरहेका बेला दुइ किशोरको हत्या भएको छ ।

राति १ बजेतिर लेटाङभोगटेनी नगरपालिका–५ मा मगर समुदायको हुर्रा नाच हेर्ने क्रममा विवाद हुँदा खुकुरी प्रहारबाट मोरङ केराबारी–९ का १५ वर्षीय दिपेन गुरुङ र सोही ठाउँका १८ वर्षीय सनम गुरुङको हत्या भएको हो ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका दुवैजनाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा आज बिहान साँढे ३ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक गणेशमान श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीले घटनाका दोषीको खोजी जारी राखेको जानकारी दिएको छ ।