नेपाल संवत् ११३७ र म्हः 'आत्म' पूजा गरिंदै

Posted on: October 31, 2016 | views: 252

१५ कार्तिक, काठमाडौं ।
नेपाल संवत् ११३७ को अवसरमा आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । नेवार समुदायले आज नववर्ष विशेष हर्षोल्लासपूर्वक मनाउँदैछन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाले गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गराउनुभएको मान्यता छ ।

नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो ।

विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो ।

नेपाल सम्वत् ११३७ प्रारम्भ भएको सुखद अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न दलका नेताहरुले शुभकामना सन्देश दिनुभएको छ ।

आजै नेवार समुदायले म्हः 'आत्म' पूजगरिरहेका छन् ।
 
आत्मालाई सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत रहेको छ ।