प्रहरी निरीक्षक सहित दुई ४० हजार घुस लिँदालिँदै पक्राउ

Posted on: May 03, 2016 | views: 232

२६ फागुन, सप्तरी ।
घुष लिंदा लिंदै सप्तरीको कडोरवाना इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रेमबहादुर थापा र प्रहरी जवान अशोक यादब पक्राउ परेका छन् ।

४० हजार रुपैयाँ घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनिहरुलाई पक्राउ गरेको बताएको छ ।

लाइसेन्स बिनाको मोटरसाइकल चालकले सिराहामा दुर्घटना गराएको घटनामा मुद्दा मिलाउन प्रहरी निरीक्षक थापाले आज ४० हजार रुपैयाँ कार्यालयमै लिँदैगर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

अख्तियारको पूर्वाञ्चल कार्यालय इटहरीबाट खटिएको टोलीले भ्रस्ट्राचारमा संलग्न प्रहरीलाई पक्राउ गरेको हो । अख्तियारको टोलीसँगै रहेका डिएसपी रमेशकुमार बस्नेत नेतृत्वको प्रहरी टोलीले पक्राउ प्रयास गरेको थियो ।

पैसा सहित पक्रन खोजेपछि निरीक्षक थापाले ४० हजार रुपैयाँ प्रहरी जवान अशोक यादबलाई दिएर उम्किन खोजेका थिए ।
जवान यादबले आफूले १ हजार रुपैयाँका नोट प्रहरी कार्यालयको भान्सामा फालेपछि अख्तियारको टोलीले फेला पारेको थियो ।

घुसको रुपमा लिएको सो रकम अख्तियार टोलीले बरामद गरेको छ ।
प्रहरी निरीक्षक थापाले घुस मागेको उजुरी परेपछि फागुन २३ गतेदेखि अख्तियारले घटनाको अनुसन्धान गर्दै आएको थियो।

‘विदाको दिनमा कसैको निगरानी नहुने हुँदा कार्यालयमै बोलाएर निर्धक्कसँग पैसा लिँदालिँदै पक्राउ गरेका हौं’, आयोगका पूर्वाञ्चल क्षेत्रीय प्रमुख डुल्लुराज बस्नेतले  भने।

पक्राउ परेका प्रहरी निरीक्षक र जवान यादबलाई अख्तियारको टोलीले थप अनुसन्धानको इटहरिमा लगेर गर्ने बताएको छ ।