बिदेशी ज्वाईं नेपालमा चरेस तस्करीमा

Posted on: April 30, 2016 | views: 288

२६ फागुन, काठमाडौं ।
भारतको हिमाचलमा १२ वर्ष साधु भएर बसेका अष्ट्रृलियन नागरिक रोवर्ट पुस रल्लिदैँ ६ वर्षअगाडि नेपाल आइपुगे ।

पोखराको स्थानीय होटलमा बसाइमा नेपाली युवतीसँग मन बस्यो र बिहेवारी गरी यतै बसे । पोखरा बस्दै आएका उनी तयारी पोशाकको कारोबारमा संलग्न थिए ।

६ वर्षपछि बल्ल खुल्यो, तयारी पोशाकको व्यापार उनको आवरण मात्रै रहेछ ।
ग्रिसको एन्थेन जान गितार बोकेर विमानस्थल पुगेका उनी पक्राउ परेपछि खुल्यो नेपाली चेलीसँग विवाह गरी एक छोरीका साथ नेपालमा बस्दै आएका उनको भित्री कारोबार चरेसको रहेछ ।
 
लागु औषध व्युरोका डिआइजी जयबहादुर चन्दका अनुसार फागुन २४ मा काठमाडौंबाट टर्किस एयरवेजबाट इस्तानबुल हुँदै ग्रिसका लागि हिँडेका उनको साथमा रहेको गितारबाट चरेश निस्किएको थियो । नागरिक दैनिकमा समाचार छ ।