सल्यानमा गाडी दुर्घटना हुँदा एकको मृत्यु २१ जना घाइते

Posted on: October 07, 2016 | views: 363

२१ असोज, सल्यान ।
सल्यानमा भएको छुट्टाछुट्टै सवारि दुर्घटनामा एक जनाको ज्यान गएको छ भने २१ ज्ना घाइते भएका छन् ।

जिल्लाको शारदा नगरपालिका वडा नम्बर ६ मदमकाँडा नजिकै लु १ ज २९३४ नम्बरको जिप दुर्घटना हुँदा गाडि धनि तथा चालक शारदा नगरपालिका १ निबासी ३२ बर्षिय घनश्याम थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । जिप सहचालक शारदा नगरपालिका १ निबासी याम बहादुर भण्डारी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

सल्यान रुकुम यातायात ब्यबसायि समितीको भाडाको जिप आज बिहान ५ः३० बजे तीर दुर्घटना भएको हो ।

बाटोमा साँघुरो भएकाले जिप ब्याग गर्ने क्रममा दुर्घटना भएको हुन सक्ने प्रहरी अनुमान गरेको छ ।

यता

तरकारि बोकेको मिनि ट्रक शुक्रबार विहान दुर्घटना हुँदा सल्यानमा २१ जना घाइते भएका छन् ।

धनवाङ २ मुलपानी नजिक आगरखोला भन्ने स्थानमा शुक्रबार लाग्ने कपुरकोटको तरकारि बजारमा रिम ३ खारखोला बाट तरकारि लिएर आउँदै गरेको रा १ ख ११५१ नम्बरको गाडी दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते हुने १९ जना रिम, त्रिवेणि र धनवाङका किसान रहेका छन् भने एक जना चालक तुनपा ९ का अमर बुढाथोकी र सहचालक शुक बहादुर चौधरि रहेका छन् ।

घाइतेहरुको कपुरकोट स्थीत पोलिक्लिनिक र दाङ तुलसिपुरमा उपचार भइरहेको कपुरकोट प्रहरीले जनाएको छ ।