सबै माग पूरा नभएसम्म अनशन नरोक्ने डा. केसीको अठोट

Posted on: October 06, 2016 | views: 138

२० असोज, काठमाडौं ।
स्वास्थ्य क्षेत्र सुधारका माग राख्दै आमरण अनसनरत डा. गोविन्द केसीले आफ्ना सबैमाग पुरा नभएसम्म आमरण अनसन नरोक्ने अठोट गर्नुभएको छ ।

दस दिनदेखि अनशनरत डा. केसीले चिकित्साशास्त्र अध्ययन संस्थान ९आईओएम० कनिष्ठलाई डिन बनाइए आफूलाई मान्य नहुने पनि बताउनुभएको छ ।

वरिष्ठताका आधारमा डा.जगदीशप्रसाद अग्रवाल डिन नियुक्त हुनुपर्नेमा अख्तियारले त्रिविलाई पठाएको पत्र अघि सारेर उनीभन्दा कनिष्ठलाई डिन बनाउन खोजिएको छ ।

‘सर्वोच्च अदालतले समेत अग्रवालको विषय अख्तियारको ‘जुरिडिक्सन’ भित्र पर्दैन भनेर भनिसकेको अनवस्थामा त्रिविले मुद्दा परेका अरू व्यक्तिलाई डिन बनाउन मिल्ने तर सबभन्दा वरिष्ठलाई बनाउन नमिल्ने भन्नुको रहस्य खोतल्नुपर्ने भन्दै केसीले इमान्दार मान्छेलाई डिन बन्नबाट रोक्न लागिएको बताए ।

नवौं पटक आमरण अनशन बसिरहनुभएका केसीको अवस्था दशौंदिन आइपुग्दा गम्भिर बनेको छ । रगतमा अक्सिजन स्याचुरेसनको कमी भएपछि डा. केसीको स्वास्थ्य थप कमजोर बन्दै गएको छ । जसका कारण हाल केसीलाई अक्सिजन दिएर राखिएको छ ।  

देशमा अख्तियारको समानान्तर सरकार नभई सरकार नै उसैको मात्र भएको भन्दै केसीले सरकार र नेताहरु अख्तियारको चाकडी गर्न तल्लिन बनेको आम आरोपलाई समेत उठाएका छन् ।

राजनीतिक भागबन्डाबाट नियुक्ति गरेर आईओएमलाई धराशायी बनाउन लागिएको भन्दै केसीले आइओएम नेताहरूको पुख्र्यौली सम्पत्ति बनाउन खोजिएको आरोप लगाउनुभयो ।

‘नेपाल एयरलाइन्स, साझा यातायात, ट्रली बस, जनकपुर चुरोट कारखाना, छाला जुत्ता कारखानाको हालत यस्तै राजजीतिक भागवण्डाबाट नष्ट गरिएको भन्दै केसीले  पछिल्लो समय वरिष्ठताका आधारमा नियुक्त गरिँदा आईओएममा सकारात्मक परिवर्तन भइरहेको भन्दै फेरि पुरानै अवस्थामा फर्काउन खोजिएको बताउनुभएको छ ।