२७ भदौ, काठमाडौं ।
पुरातत्व विभाग र काठमाडौँ महानगरपालिका बीच सहमति भएपछि रानीपोखरी पुनःनिर्माणको काम यसै सातादेखि हुने भएको छ ।
मापदण्ड विपरीत पुनःनिर्माणका काम भएको भन्दै पुरातत्व विभागले गत १६ गतेदेखि निर्माणको काम रोक्न निर्देशन दिएको थियो ।
निर्माण भइसकेका संरचना सच्याउने र अब बनाउने संरचना पनि विभागले भनेअनुरुप बनाउने सहमति भएपछि यसै साता फेरि पुनःनिर्माणको काम सुरु हुने विभागका प्रवक्ता रामबहादुर कुँवरले बताउनु भयो ।