देश बचाउन जुनसुकै बेला सैनिक शासन गर्न सेनाको विशेष रणनीति

Posted on: May 01, 2016 | views: 336

२३ फागुन, काठमाडौं ।
नेपाली सेनाले जुनसुकै बेलामा सैनिक शासन लगाउने गरि विशेष रणनीति बनाइरहेको खुलाशा भएको छ ।

राजनीतिक बहानाबाजीमा सँधैको अस्थिरता र वितण्डा मच्चाइरहने दलहरुको प्रवृत्तिसँग नेपाली सेना सचेत रहेको पाइएको हो ।

नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्रीले राष्ट्रिय हित प्रतिकुलका अवान्छित गतिविधिहरुको नेपाली सेनाले नजिकबाट सुक्ष्म अध्ययन र विश्लेषण गरिरहेको बताउनु भएको छ ।

प्रधानसेनापती क्षेत्रीले यसको लागि नेपाली सेनाले आफ्नो रणनीति पनि तयार पारेको खुलाशा गर्नुभएको छ ।

महाशिवरात्री तथा सेना दिवस २०७२ को उपलक्ष्यमा जंगी अड्डामा सकल दर्जालाई सम्बोधन गर्दै प्रधानसेनापति क्षेत्रीले सुरक्षा कारवाही राजनीतिक प्रक्रियालाई सहज बनाउन उपयुक्त वातावरण श्रृजना गरी दिने माध्यम मात्र भएको प्रष्ट पार्नुभयो ।

उहाले  सुरक्षा चुनौतीको दिगो समाधान राजनीतिक रुपमा गरिनुपर्ने भएतापनि देश नै टुक्रयाउने खालका तथा राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई खतरा पु¥याउने प्रवृत्तिका सुरक्षा चुनौतीहरु श्रृजना भएमा नेपाल सरकारको निर्देशानुसार विधिसम्मत् तरिकाले नेपाली सेना स्वतः परिचालन हुने पनि प्रष्ट पार्नुभयो ।

प्रधान सेनापति क्षेत्रीले नेपालको संविधानले सुम्पेको जिम्मेवारीहरु असरदार रुपमा बहन गर्न नेपाली सेना हरहमेशा कटिबद्ध, सक्षम र तयार रहेको भन्दै  सरकारले राष्ट्र र जनताको सर्वोपरी हितको लागि संवैधानिक प्रक्रिया अनुरुप प्रदान गर्ने सबै जिम्मेवारीहरुको पूर्णरुपमा पालना गर्नु नेपाली सेनाको प्रमुख दायित्व रहेको बताउनुभयो ।

नेपाली सेना राष्ट्रिय सेना भएकोले प्राप्त जिम्मेवारीहरु प्रभावकारी ढंगबाट वहन गर्न चुस्त अपरेशनल तयारीपन र पेशागत दक्षता भएको फौजको रुपमा नेपाली सेनालाई आधुनिकीकरण गर्न अति आवश्यक रहेको क्षेत्रीको भनााई छ ।

प्रधानसेनापती क्षेत्रीले देशमा समय समयमा हुने इन्धन अभावको कारण नियमित कार्यहरुमा पु¥याउने असरलाई दीर्घकालीन रुपमा समाधान गर्न बायो ग्यांस प्लाण्ट जडान गर्ने, नागरिक –सैनिक सम्बन्धको विकासमा जोड समेत दिनुभयो ।

आगामी दिनहरुमा राष्ट्रिय सेवा दलले गरिरहेको युवा नेतृत्व विकास कार्यक्रमको दायरालाई थप फराकिलो बनाउने जानकारी दिंदै प्रधानसेनापती क्षेत्रीले देशको लागि आवश्यक पर्दा जुनसुकै जिम्मेवारी लिन तयार रहन समेत सकल सैनिक दर्जालाई सचेत बनाउनुभयो ।