श्रीमती हत्या अभियोगमा प्रहरी नायब निरीक्षक पक्राउ

Posted on: May 03, 2016 | views: 260

२३ फागुन, काठमाडौं ।
आफ्नै श्रीमतीको हत्या गरिएको अभियोगमा प्रहरी नायब निरीक्षक पक्राउ परेका छन् ।

काठमाडौं खुसिँबु डेरा गरी बस्ने सङ्गीता थापा पाण्डेको हत्या अभियोगमा श्रीमान् युवराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गोरखा जिल्ला फुजेल १ घर भएकी २७ वर्षीया थापा शनिबार बिहान मृत फेला परेकी हुन् ।
संगिताले ढोका ढक्ढकाउँदासमेत नखोलेपछि महानगरीय वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको रोहवरमा ढोका फोरेर हेर्दा उनलाई मृत फेला पारेको थियो ।

ढोका फोरी हेर्दा कोठाको खाटमा ब्लाङ्केट ओडेका अवस्थामा नाक र मुखबाट फिँज आई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

अञ्चल प्रहरी कार्यालय लुम्बिनी दरबन्दी भई इलाका प्रहरी कार्यालय बेथरी, रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।