कसरी भयो सरकारमा बस्दा कांग्रेसको आय धेरै, खर्च कम

Posted on: May 02, 2016 | views: 236

२२ फागुन, काठमाडौं ।
विगत पाँच वर्षको आर्थिक अवस्थालाई हेर्दा नेपाली कांग्रेसले आर्थिक वर्ष २०७१/७२ मा सबैभन्दा बढी आम्दानी गरेको पाइएको छ। राजधानी दैनिकमा समाचार छ।
 
जारी महाधिवेशनको बन्द सत्रमा कोषाध्यक्ष चित्रलेखा यादवले पेस गरेको आर्थिक प्रतिवेदनअनुसार कांग्रेसले सो आर्थिक वर्षमा सबैभन्दा धेरै अर्थात ८ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ।
 
तर खर्च भने एक करोड ४७ लाख मात्रै भई ६ करोड ६४ लाख बचत गरेको छ। अन्य वर्षहरुमा भने आय व्यय केही कम देखिएको छ। आर्थिक वर्ष २०६७/६८ मा ३ करोड ८३ लाख, ८७ हजार आम्दानी भएकामा ३ करोड ९४ लाख खर्च भएको छ ।

यसत्ै आर्थिक वर्ष २०६८/६९ मा ८६ लाख ५२ हजार आम्दानी भएकामा ८६ लाख १६ हजार खर्च भएको छ। सो वर्ष कांग्रेसले ३५ हजार रुपैयाँ बचत गरेको देखिन्छ।
 
कांग्रेसको मूख्य आम्दानीको स्रोत क्रियाशील र साधारण सदस्यता वितरण, चन्दा तथा लेभी देखिन्छ। प्रतिवेदन अनुसार कांग्रेसको विभिन्न बैँक खातामा गरी १८ फागुन २०७२ सम्म ६ करोड ६७ लाख रुपैयाँ नाफा मौज्दात रहेको छ।