मधेशी मोर्चाका नेता गुहार माग्न फेरी दिल्ली जाँदै

Posted on: May 01, 2016 | views: 235

२२ फागुन, काठमाडौं ।
मधेसी मोर्चामा आबद्ध सातै मधेस केन्द्रित दलका अध्यक्ष अर्को साता भारतको नयाँ दिल्ली जाने भएका छन्। कान्तिपुर दैनिकमा समाचार छ।
 
चार दिने भ्रमणका क्रममा उनीहरु यही फागुन २९ मा दिल्ली जान लागेका हुन्। उनीहरु ३० गते थिंक ट्यांकको अन्तरक्रियामा सहभागी हुने मोर्चा स्रोतले जानकारी दिएको छ।
 
औपचारिक कार्यसूचीमा अन्तक्र्रिया भनिए पनि उक्त भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेट हुने मोर्चा उच्च स्रोतले जानकारी दियो ।

भरतीय विदेशमन्त्री सुष्मा स्वराज, भाजपा, कंग्रेस आईलगायत नेतासँग भेट गर्ने कार्यक्रम अहिलेसम्म तय भएको र अन्य भेटघाट पनि हुन सक्ने तराई मधेस लोकतान्त्रिक पार्टीका एक नेताले जानकारी दिए।
 
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने भर्खर दिल्ली भ्रमण सकेर आएका प्रधानमन्त्री केपी ओलीलाई कटाक्ष गर्दै आफूहरुको भ्रमण ‘स्टेट भिजिट’ नभएको बताए।