शहिद स्मारकमा क्रान्तिको प्रण गर्दै माओवादी नेताकार्यकताहरु 

Posted on: April 30, 2016 | views: 146

१९ फागुन, नुवाकोट । जनयुद्धको शहिदहरुको सम्झनामा नेकपा माओवादीले आज नुवाकोटको देउरालि गाविसमा एक कार्यक्रम सम्पन्न गरेको छ । 


देउरालिको शहिद स्मारकमा उभिएर  प्रचण्ड बाबुरामले क्रान्तिको झण्डा फालेको भन्दै नुवाकोट माओवादीका  नेताकार्यकताहरुले क्रान्ति झण्डा झुक्न नदिने प्रण गरेका छन ।

जनयुद्धका शहिदहरुको सम्झना निर्मीत शहिद स्मारकमा दिप प्रज्वलन र माल्र्यपण गर्दै सुरु गरीएको कार्यक्रममा नेकपा माओवादी उपब्युरो सदस्य  मिना बाईबा ,अखिल क्रान्तिकारी केन्द्रिय सचिवालय सदस्य नारायण नेपाल नेकपा माओवादी नुवाकोटका युवा नेता बृष तामा» त्रिशुलि छाल साप्ताहिकका सम्पादक शुभलाल श्रेष्ठ ,भुमेदेवि उमावि देउरालिका प्राचार्य होमनाथ नेपाल लगाएतका अतिथिहरुले शहिदको सपना अधुरो रहेकाले पुरा गर्न लग्नु पर्ने  बताउनु भएको थियो । 


नेकपा माओवादी देउरालिको आयोजनामा भएको कार्यक्रममा स्थानिय समाजसेवि ,विद्यार्थी पार्टी कार्यकर्ताको सहभागिता रहेको थियो । संसदीय सरकारले २०५२ फागुन १४ गते गोरखाका दिल बहादुर रम्तेल र २०२८ फागुन २१ गते झापा बाट जेल सार्ने बहानामा पञ्चायति शासकहरुले सुखानिको जंगलमा हत्या गरेको शहिदहरुको सम्झनामा हरेक बर्ष माओवादीले फागुन १४,देखि २१ सम्म सहिद सप्ताह मनाउदै आएको छ ,।