मनाङ एअरको दुई ओटा हेलिकप्टर पर्वतमा आकस्मिक अवतरण

Posted on: August 10, 2016 | views: 1247

२६ साउन, काठमाडौं ।
मुस्ताङको लेतेबाट फर्कंदै गरेका मनाङ एअरका दुई ओटा हेलिकप्टरको आज पर्वतमा आकस्मिक अवतरण गरिएको छ ।

बर्षा र बाक्लो कुहिरोका कारण उडान असहज भएपछि पर्वत सदरमुकाम कुश्माबजारमा हेलिकप्टर आकस्मिक अवतरण गर्नुपरेको क्याप्टेन प्रकाश सेढाइले जानकारी दिनुभयो ।

दुई दुईजना नेपाली यात्रु सवार दुवै हेलिकोप्टर सशस्त्र प्रहरी बलको चण्डिका गणमा रहेको खेल मैदानमा अवतरण गराइएको र सबै यात्रुको अवस्था सकुशल रहेको मनाङ्ग एयरले जनाएको छ ।

आकस्मिक अवतरण गरिएका २ वटै हेलिकप्टर आजसाँझ पोखरा पुगेका छन् ।