गोमाको जहाँजमा चरा ठोक्कियो, ठूलो दुर्घटना टर्यो

Posted on: May 03, 2016 | views: 274

१९ फागुन, काठमाडौं ।
काठमाडौंबाट लुक्लाका लागि उडेको जहाजमा आज बिहान चरा ठोकिएको छ । ९ जना यात्रु रहेको जहाँजमा चरा ठोक्किएपछि कुच्चिएको छ ।

गोमा एयरको कल साइन ९एन-एकेजेड विमान बुधबार विहान पौने ९ बजे अन्तराष्ट्रिय विमानस्थलबाट लुक्ला जान उडेको जहाजमा काग ठोकिएको हो ।

धावनमार्ग छाड्नेवित्तिकै काग ठोकिएपछि जहाजलाई विमानस्थलमै आकस्मिक अवतरण गराइएको थियो ।

काग ठोकिएपछि जहाजलाई सुरक्षित अवतरण गरिएको र यात्रुहरुलाई बाहिर निकालिएको विमानस्थल प्रहरी प्रमुख डिआईजी गोविन्द निरौलाले जानकारी दिएका छन् ।

जहाज र यात्रु सबै सकुशल रहेका छन् । जहाजको दाहिने पखेटामा ठोक्किएका कारण सामान्य क्षति भएको उनले जानकारी दिए ।

उडान केही समय अवरुद्ध हुन पुगेपनि अन्य उडान यथावत रहेको छ । चरा ठोक्किएको बिमान भने मर्मत पछि भोली मात्रै उडाउने तयारी रहेको गोमा एयरलाइन्स प्रशासनले जानकारी दिएको छ ।