पूर्वयुवराज पारसको अर्को उदण्डता:होटल मालिकमाथि मुक्का

Posted on: May 01, 2016 | views: 275

१९ फागुन,काठमाडौं । 
पूर्वयुवराज पारसलाई सुध्रिएको देख्न चाहने उनका शुभचिन्तकहरु फेरि एकपटक निराश भउका छन् । आफूले मागे जति रकम नदिएपछि नातेदारलाई पारसले गतसाता कुटपिट गरेकाले उनका हितौषीहरु निराश हुने स्थिति उत्पन्न भएको हो । प्राप्त जानकारीअनुसार पूर्वयुवराज पारस निकै खर्चालु छन् र उकै महिनामा लाखौंलाख रुपैयाँ खर्च गर्ने क्षमता उनमा रहेको छ । आफ्ना पिता ज्ञानेन्द्रबाट आफ्नो आवश्यकता पूरा नहुने भएपछि नातेदार, साथीभाई र शुभचिन्तकहरुसँग पारसले रकम मागेर काम चलाउने गरेका छन् । 
गतसाता पोखरा पुगेका पारसले मागेजति रकम नदिएका कारण फेवा ताल किनारमा रहेको फिसटेल होटलका राणा थरका मालिकलाई उनको कार्यकक्षमै कुटपिट गरे । जानकारीअनुसार पारसले ती नातेदार होटल मालिकसँग आफ्नो खर्चको लागि २५ लाख रुपैयाँ मागेका थिए । तर, उनले त्यति ठूलो रकम आफूसँग नभएको बताउँदै पाँच लाखसम्म दिन सकिने जानकारी गराए । त्यसपछि क्रुद्व भएका पारसले ‘के म तसँग भिख माग्दैछु ?’ भन्ने प्रश्न गर्दै मुक्का वर्षाएका थिए । आजको घटना विचार साप्ताहिकमा खबर छ ।