पोखरामा एकैचोटी सातवटा प्याराग्लाइडिङ खसेपछि

Posted on: April 29, 2016 | views: 308

१८ फागुन, पोखरा ।
पोखरामा आज एकैपटक साटवटा प्याराग्लाइडिङ खसेको छ । दुर्घटनामा परेका सबै पाइलटको उद्धार गरिएको छ ।

नेपाल हवाई खेलकुद संस्था पोखराको आयोजनामा सञ्चालित प्याराग्लाइडिङ प्रि वल्र्ड कप प्रतियोगितामा सहभागी हुने क्रममा अचानक यस्तो दुर्घटना हुन पुगेको हो ।

अचानक चलेको हावा हुरीका कारण दुर्घटनामा परेका सबै पाइलटको सकुशल उद्धार भएको छ ।

प्रतियोगितामा सहभागीमध्ये अवतरण गर्ने क्रममा सात जना पोखराको फेवातालमा र एक जना अर्मलाको जङ्गलको रुखमा अल्झिन पुगेको थिए ।

रुखमा अल्झिएका पाइलटलाई स्थानीयवासी तथा फेवातालमा परेका पाइलटलाई स्थानीय डुङ्गा व्यवसायी तथा सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन् ।