माओवादीका मन्त्रीले राजीनामा दिए, कमल थापाले ओलीको साथ नछोड्ने

Posted on: July 13, 2016 | views: 566

२९ असार, काठमाडौं ।
बर्तमान सरकार दल नेकपा माओबादी  केन्द्र०का तर्फबाट सरकारमा सहभागी मन्त्रीले प्रम मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सामूहिक राजीनामा बुझाउनुभएको  छ् ।

प्रधानमन्त्री ओलीसमक्ष उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले  आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको सामूहिक राजीनामा बुझाउनुभएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगी उपप्रधानमन्त्री रायमाझीले केन्द्रका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको सामूहिक राजीनामा पत्र बुझाउनुभएको प्रम ओलीका प्रेस संयोजक चेतन अधिकारीले राससलाई जानकारी दिनुभयो ।

    माओवादी केन्द्रले एमालेसित भएको नौबुँदे र तीनबुँदे भद्र सहमति कार्यान्वयन नभएको भन्दै मङ्गलबार सरकारबाट फिर्ता हुने निर्णय गर्दै आफ्नो नेतृत्वमा प्रमुख प्रतिपक्षी दलका नेकाको सहयोगमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको थियो ।

बर्तमान राजनीतिक परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले रोज्नु हुने कुनै पनि बिकल्पमा राप्रपा नेपालले साथ दिने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष कमल थापाको सभापतित्वमा राप्रपा नेपाल केन्द्रिय पदाधिकारी र संसदीय दलको आज सिंहदरबारमा बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

सरकार अल्पमतमा परेको सिद्ध गर्न मालेको चुनौती
सरकारमा सहभागी नेकपा 'माले'ले व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वास प्रस्तावलाई प्रक्रियाबाट सिद्ध गर्न चुनौती दिएको छ ।

नेकपा 'माओवादी केन्द्र' को सरकार छोड्ने निर्णयले उत्पन्न गरेको परिस्थितिबारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय काठमाडौमा आज बसेको मालेको स्थायी कमिटी बैठकले स्वावलम्बन र आत्मनिर्भरता तर्फ मुलुकलाई अघि बढाउन प्रतिबद्घ केपी शर्मा ओली नेतृत्वको प्रगतिशील तथा राष्ट्रवादी सरकारबाट माओवादी केन्द्र बाहिरिनु दुभाग्यपूर्ण रहेको ठहर गरेको हो ।

बैठकपछि मालेका महासचिव तथा उपप्रधानमन्त्री सिपी मैनालीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा वर्तमान अस्थिरता निम्तिनुमा मुलुकलाई सदैव अस्थिरतामा फसाई राख्न चाहने बाह्य शक्तिद्वारा निर्मित योजनामुताविक कार्यशैली अवलम्बन गर्ने पार्टीको चरम सत्तालोलुपता नै मुख्य कारकका रुपमा देखिएको उल्लेख गरिएको छ ।