राजधानीको बधशालामा स्याउँस्याउँती किरैकिरा,बन्द गर्न मन्त्रीको निर्देशन (फोटोफिचर)

Posted on: July 08, 2016 | views: 875

काठमाडौं,असार २४ । राजधानीमा विक्रि हुने मासु पसलमा किरैकिरा फेला परेको छ । १५ वर्षदेखि सतुङ्गलमा सञ्चालन हुँदै आएको एक मासु पसलमा त्यस्तो फेला परेको हो । राजधानीको सतुङ्गलमा सञ्चालन हुँदै आएको मोजमिट सेन्टरमा अनुगमनका क्रममा स्याउँस्याउँती किरा फेला परेको  भेटिएको छ । ढक तराजु नापतौल विभागमा दर्ता नगरेको, बधशाला अत्यन्तै फोहर रहेको र उक्त मासु पसलमा मासु बेच्नका लागि आवश्यक सामान्य मापदण्डसमेत पुरा नगरेको फेला परेको छ । आपूर्ति मन्त्री गणेशमान पुनको नेतृत्वमा गएको विशेष अनुगमन गर्ने क्रममा यस्तो फेला परेको हो । आपूर्ति मन्त्री गणेशमान पुनले बधशालालाई तत्काल शिल गरेर कडा भन्दा भन्दा कडा कारबाही गर्न निर्देशन दिएका छन् ।