घोषणा भूकम्पीडितलाई सामूहिक आवास, सरकारले नै दिएन बजेट

Posted on: May 01, 2016 | views: 202

१७ फागुन, काठमाडौं ।
भूकम्प प्रभावित उच्च पहाडी र हिमाली क्षेत्रका बासिन्दालाई सामूहिक आवास भवन बनाउने सरकारी योजना अलपत्र परेको छ । नागरिक दैनिकमा समाचार छ।
 
भवन निर्माणका लागि बजेट उपलब्ध गराउन सरकार उदासिन देखिँदा टेन्डर प्रक्रियामा गइसकेको काम रोकिन पुगेको हो ।

सहरी विकास तथा भवन निर्माण विभागले पहिलो चरणमा प्रभावित जिल्लामा १० वटा सामूहिक आवास निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो ।
 
भवन निर्माणका लागि आवश्यक बजेट र प्रक्रियाका विषयमा मन्त्रालयबाट स्वीकृति नपाउँदा विभागले उक्त टेन्डर रद्द गरेको छ ।

मंसिर १० गतेको मन्त्रिपरिषद बैठकले सार्वजनिक खरिद ऐनको दफा ६६ र नियमावलीको नियम १४५ ले विशेष परिस्थितिमा छुट्टै प्रक्रिया अबलम्बन गरी निर्माण कार्य गर्न सक्ने व्यवस्थाअनुसार आवास निर्माण अघि बढाउन स्वीकृति दिएको थियो ।