आजबाट लोडसेडिङ एकघण्टा घट्यो

Posted on: June 06, 2016 | views: 400

२५ जेठ, काठमाडौं ।                                                               
नेपाल विद्युत् प्राधिकरणले आज देखि लागुहुने गरी लोडसेडिङको समय एक घन्टा घटाउने भएको छ ।

अब दैनिक दुई समय गरी औसत ९ घण्टाका दरले हप्तामा ६३ घण्टा लोडसेडिङ हुनेछ ।

यस अघि दैनिक १० घण्टाका दरले हप्तामा ७० घण्टा लोडसेडिड।हुने गरेको थियो ।

नेपालको हालको  विद्युतको माग  १ हजार ३ सय ५० मेघावाट दैनिक रहेकोमा हाल दैनिक ७०० मेगावाट देखि ७ सय ५० मेघावाट सम्म विद्युत् आपूर्ति हुँदै आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ  ।

प्राधिकरणले विद्युत् चुहावट हुने स्थानमा भने न्यूनतम एक घन्टा र अधिकतम सात घन्टाभन्दा बढी लोडसेडिङ गर्ने जनाएको छ ।

नदीमा जलप्रवाहको क्रम बढेका कारण क्रमशः लोडसेडिङको समय घटाउँदै लगिने प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीले जानकारी दिनुभयो ।