विश्व वातावरण दिवस मनाउन प्रधानमन्त्री देखी एनजिओलाई भ्याइनभ्याइ

Posted on: June 05, 2016 | views: 637

२४ जेठ, काठमाडौं ।
विश्व वातावरण दिवस आइतबार देशभर मनाइयो । देखावटी र औपचारिक रुपमा वातावरण दिवस मनाउन आइतबार प्रधानमन्त्री देखी विदेशी डलर बटुलेर एनजिओ चलाइरहेकाहरुलाई भ्याई नभ्याई भयो ।

यस वर्षको विश्व वातावरण दिवसको नारा भने “हाम्रो जीवजन्तु, हाम्रो वातावरण र वन संरक्षण गरौ लगाई सम्पूर्ण तन, मन र धन “ रहेको थियो ।

विश्व वातावरण दिवश सरकारी कार्यालय,विधायल,विभिन्न सघ सस्थाहरुले वृक्षारोपणका साथै विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरि मनाएका छन् ।

विश्व वातावरण दिवसका अवसरमा जनसङ्ख्या तथा वातावरण मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका प्रयास र वातावरणीय सन्तुलनलाई सँगसँगै लैजानु जरुरी रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले विकास र वातावरणको सन्तुलन कायम गरेर सरकारले विकासको कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघले अघि बढाएको वातावरण संरक्षण सम्बन्धि अन्तराष्ट्रिय प्रतिबद्धता कार्यान्वयनमा जोड दिईने वताउनुभयो ।

कार्यक्रममा व्यवस्थापिका–संसद्को वातावरण समितिका सभापति जनकराज चौधरीले वातावरण संरक्षणका लागि राज्य, विभिन्न गैरसरकारी संस्था तथा सर्वसाधारण मिलेर अघि बढनुपर्ने बताउनुभयो ।

विश्व वातावरण दिवसको अवशरमा प्रदान गरिने यसवर्षको वातावरण संरक्षण पुरस्कार रामचरित्र साह र राष्ट्रिय वातावरण प्रदुषण नियन्त्रण नेपाललाईे प्रदान गरिएको छ । पुरस्कारको राशी जनही  ७५ हजार रुपियाँ रहेको छ ।

त्यसैगरि ५० हजार रुपिया राशिको महिला वातावरण संरक्षण पुरस्कार प्रेरणा महिला समूह स्यूयाटार र दीदी बहिनी समूह स्याँगजालाई  प्रदान गरिएको छ ।

२५ हजार रुपिया राशिको उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार भने पत्रकारद्धय रामचन्द्र अधिकारी र सागर पण्डितलाई प्रदान गरिएको छ ।


पूर्ब राष्टपति डा.रामबरण यादब

पूर्बराष्ट्रपति डा. रामबरण यादबले बाताबरण संरक्षण अहिलेको मुख्य चुनौती रहेको बताउनु भएको छ ।

बिश्व बाताबरण दिबसका अबसरमा दाङको घोराहीमा आयोजित एक कार्यक्रममा पूर्ब राष्ट्रपति यादबले जनचेतनाको कमी र सरकारको अदुरदर्सी नितिका कारण बाताबरण संरक्षण अहिलेको मुख्य चुनौती बढ्दै गएको बताउनु भयो ।

पूर्ब राष्ट्रपति यादबले चुरे क्षेत्र दिन दिनै दोहन मात्रै हुने गरेकोले यस तर्पm सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।